आउनै लाग्यो दशैं तर, ग्रामिण भेगका सडकको अवस्था नाजुक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

आउनै लाग्यो दशैं तर, ग्रामिण भेगका सडकको अवस्था नाजुक

baitadi sadak

काठमाडौं, २८ भदौ । हिन्दूहरूको महान् चाड दशैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो ।

व्यवसायीसँगको छलफलका आधारमा दसैंमा यात्रुलाई सहज होस् भनेर ५ असोजबाट टिकट बुुकिङ खुलाउने निर्णय गरिएको छ । अग्रिम बुकिङ खुल्ने भएपछि बसपार्क व्यवस्थापनले पनि आवश्यक सेवाहरुको लागी तयार रहेको जानकारी दिएको छ ।

बसपार्कमा बिचौलीयाको नियन्त्रणका लागी टिकट काउन्टर मै टिकट काट्ने र कर्मचारीको सहयोग लिनका लागी छुट्टै पोसाकको समेत व्यवस्था गरिएको छ ।

दसैंमा टिकट भाडादर भने नबढ्ने भएको छ । सरकारले हालको भाडादरमा नै कायम राख्दै यात्रुलाई सुबिधा दिन आग्रह समेत गरेको छ । यता, टिकट बुकिङ खुला गर्न सरकार र व्यवसायी सहमत भए पनि देशैभर ग्रामिण सडकको अवस्था भने दर्दनाक छ ।

लामो दुरीको यात्रा अनि सडकको अवस्थाले गर्दा यात्रुहरु मर्कामा परेका छन् भने व्यवसायी र चालकहरु पनि समय मै गन्तव्यमा पुग्न कठिन हुने र दशैंमा धेरै पटक ओहोर दोहोर गर्न पनि नसकिने समस्या रहेको चालकहरुको गुनासो छ ।

सरकारले लामो दुरीको सडकमा दुइवटा ड्राइभरको व्यवस्था गर्नुपर्ने नियम बनाएपनि चालक अनुमति पत्रको अभावका कारण चालकको अभाव देखिन्छ । सरकारले त्यसतर्फ बेलैमा ध्यान दिए चाडवाडमा हुने दुर्घटनाको समस्या थोरै भएपनि न्यनुकरण हुनेछ ।

दसैं मनाउन उपत्यकाबाट १५ देखि २० लाखको हाराहारी मानिस बाहिरिने गरेका छन् । यो वर्ष २० लाखभन्दा बढी बाहिरिने अनुमान गरिएको छ । व्यवसायीले सडकको अवस्था ठीक भएन भने यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पु-याउन कठिन हुने बताएका छन् ।