जितिया पर्वको अवसरमा प्रदेश २ मा आज महिलालाई सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जितिया पर्वको अवसरमा प्रदेश २ मा आज महिलालाई सार्वजनिक बिदा

विरगन्ज । आज जितिया पर्व । भगवान् जितबाहनको पूजाआजा गर्दै मनाइने एउटा विशेष पर्व हो जितिया । यस दिन महिलाहरू निर्जला अर्थात् पानीसमेत नपिई व्रत बस्छन् ।

विशेषगरी नेपालको तराई क्षेत्रका महिलाहरूले यो पर्व मनाउने गर्छन् । प्रत्येक वर्ष आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन जितिया पर्व मनाइन्छ । जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले आज बुधबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण बर्तालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गरिएको छ ।

भाद्र कृष्णपक्षको अष्टमी तिथिको दिन जितिया पर्व मनाउने परंपरा भए पनि यसको आरम्भ भने षष्ठी तिथिबाटै हुन्छ । यस पर्वलाई जिउतिया, जितिया, जीवित्पुत्रिका, जिमुतवाहन नामले पनि चिनिन्छ । नेपालमा मात्र नभई यो पर्व भारतमा समेत निकै धुमधामका साथ मनाइने गरिन्छ ।

विशेषगरी विवाहित महिलाहरूले यो व्रत बस्ने परंपरा भए पनि अहिले अविवाहित महिलाले पनि व्रत बस्ने गरेका पाइन्छ । विवाहित महिलाहरू आफ्ना सन्तानको लामो आयुका लागि व्रत बस्ने गर्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);