जितिया पर्वका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जितिया पर्वका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौं, २५ भदौ । जितिया पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिनुभएको छ ।

नेपालको तराई क्षेत्रमा मैथिल र थारुसमुदायका महिलाले मनाउने यस पर्वका अवसरमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ ।

शुभकामना सन्दैशमा राष्ट्रपतिले यस किसिमका चाडपर्वले विशिष्ट सांस्कृतिक पहिचान र सभ्यतालाई उजागर गरेको जनाउँदै राष्ट्रपतिले यी चाडपर्व मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित विभेदजन्य अभ्यास एवं अव्यावहारिक पक्षलाई समयसापेक्ष सुधारसमेत गर्दै जानुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

त्यस्तै जितिया पर्वका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताउनुभएको छ ।

विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको जनाउँदै उनले आफू सुरक्षित रहँदै जितिया पर्व मनाउन आह्वानसमेत प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।

आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ ।

सप्तमीको बिहान बर्तालुले नदीमा गई तोरीको पिना प्रयोग गरेर नुहाएपछि केही पिनालाई घिरौंलाको पातमा राखेर खोलामा बगाउने चलन छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);