संरक्षण नहुँदा गुमनाम सुजेपु झरना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

संरक्षण नहुँदा गुमनाम सुजेपु झरना

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-९ मा रहेको सुजेपु झरना प्रचारप्रसार तथा संरक्षणको अभावमा गुमनाम बन्दै गएको छ । मध्यपहाडी लोकमार्ग नजिकै रहेको यो झरना पर्यटकीय रुपमा प्रचुर सम्भावना बोके पनि संरक्षण र प्रचारप्रसार नहुँदा गुमनाम झैँ बनेको हो ।

बसन्तपुर बजार, लसुने, काँडे हुँदै पुग्न सकिने यो झरनामा सवारी साधानको यात्रापछि करिब आधा घण्टाको  पैदल हिँडेपछि पुग्न सकिन्छ । झरनालाई पर्यटकीय रूपमा विकास गर्न स्थानीयवासीहरू संरक्षणमा जुट्दै आएको स्थानीय दिलकुमार लिम्बूले बताए । उनी भन्छन्, ‘यो झरना पर्यटकीय रूपमा विकास गर्न हामी स्थानीयले चासो दिँदै आएका छौँ । तर, प्रचारप्रसारको अभावले खासै चर्चामा आएको छैन । यो झरनालाई पर्यटकीय रुपमा विकास गर्ने हो भने तेह्रथुम थप पर्यटकीय गन्तव्य बन्नेछ ।’ 

केही साताअघि मात्र झरनालाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली कथानक चलचित्र तिमी कसकाे ? यहाँ छायांकन गरिएको चलचित्रका निर्माता तथा निर्देशक जीवन श्रेष्ठले बताए । ‘ग्रामीण स्तरमा लुकेर रहेका, तर सम्भावना बोकेका ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हामीले यो झरनासहित तेह्रथुमको विभिन्न पर्यटकीय स्थलहरूमा चलचित्र छायांकन गरेका छौ,’ श्रेष्ठले भने ।

६५ मिटर लामो झरना अफैँमा सौन्दर्यताले भरिपूर्ण छ । पर्यटकीय रूपमा प्रचुर सम्भावना रहे पनि सरकारको आँखा पुगेको छैन । झरनाको प्रचारप्रसारसँगै स्थानीयवासी संरक्षणमा जुट्दै आएको स्थानीय नविन भट्टराईले बताए । ‘झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरकारले पनि सहयोग गर्छ भन्ने आशा छ । यो झरना स्थानीयको मात्र नभई तेह्रथुमकै गहना भएकाले संरक्षणमा चासो देखाउन सरकारसँग आग्रह गर्छु, ’ उनले भने । 

झरनालाई प्रचारप्रसारसँगै संरक्षणमा जुट्दै पर्यटकहरू भित्र्याउने हो भने यहाँको स्थानीय उत्पादनमा समेत प्रवर्द्धन गर्ने टेवा पुग्नेछ । सरकार ठूल्ठूला विकास निमार्णहरूमा जुटिरहेको बेला यी र यस्ता पर्यटकीय गन्तव्यको विकासमा पनि ध्यान पुर्‍याउनु पर्ने देखिन्छ ।   

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);