सामाजिक र व्यावसायिक परिवर्तनका लागि युवाको भूमिका महत्वपूर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सामाजिक र व्यावसायिक परिवर्तनका लागि युवाको भूमिका महत्वपूर्ण

भक्तपुर । पुरानो सीपलाई आधुनिकता दिनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा मोर्डन युथ फर सोसाइटी र योङ आन्टरपेनर सर्कलको सहआयोजनामा बिहीबार भक्तपुरमां भएको कार्यक्रममा यस्तो बताइएको हो ।

युवा व्यवसायीहरूका लागि अभिमुखीकरण कार्यक्रममा उनीहरूले सामाजिक र व्यावसायिक परिवर्तनका लागि युवाको भूमिका आजको आवश्यकता रहेको बताए । वरिष्ठ परामर्शदाता तथा लायन्स क्लब इन्टरनेसनलका डिस्ट्रिक्ट ३२५ जी का गभर्नर उत्तम झाले परम्परागत सीपलाई आधुनिकता दिई श्रमको सम्मान गर्न अहिलेको आवश्यकता रहेको बताए ।

युवा जनशक्ति अहिलेको समस्याको विषय भएकाले उपलब्ध जनशक्तिलाई आर्थिक क्षेत्रमा सक्रिय हुनुपर्नेमा झाले जोड दिए । व्यवसाय गर्न धैर्य र ज्ञानको आवश्यकता भएको उनको भनाइ छ । 

संघका अध्यक्ष शिवप्रसाद मानन्धर, मोर्डन युथ फर सोसाइटी तथा योङ सर्कलका अध्यक्ष रोहित मान्नधर, मोर्डन युथ फर सोसाइटीका संस्थापक एवं संघका वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जालगायतले संस्थाले युवाहरूको निम्ति अवसर सिर्जना गरी व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन आफूहरु हरदम तयार रहेको बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);