तेह्रथुम, संखुवासभा र ताप्लेजुङलाई मुन्धुमी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न अध्ययन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०७९, मंगलबार

तेह्रथुम, संखुवासभा र ताप्लेजुङलाई मुन्धुमी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न अध्ययन

तेह्रथुम । पूर्वी पहाडी जिल्ला तेह्रथुम,संखुवासभा र ताप्लेजुङलाई मुन्धुमी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न अध्ययन गरिएको छ । चोलुङ(मेन्छ्यायेम(असाङलुङ(सेमसेमलुङ(फक्ताङलुङ (केलाङसित्लाङ मुन्धुमी पदमार्गको अध्यायन अन्वेषण गरिएको हो ।

वनस्पति विज्ञ कमल मादेन, वातावरण विज्ञानमा चीनबाट विद्यावारिधि गर्दै आएका दिपक खड्का, मुन्धुमविद् तथा लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङ, पर्यटन पत्रकार संघ प्रदेश नं १ का विराट अनुपमलगायत २१ जनाको टोलीले जैविक विविधताको अध्ययन अन्वेषण गरेको छ ।

आदिमकालदेखि बसोबास गर्दै आएका लिम्बू समुदायको जन्मदेखि मृत्यृसम्म संस्कार ९मुन्धुम शास्त्र० सँँग जोडिएको मुन्धुमी स्थललाई पदमार्गका रूपमा अवधारणा अघि सार्दै अध्ययन गरिएको लालीगुराँस नगर प्रमुख माबोहाङले बताए । खोलानाला, डाँडाकाँडा, प्राकृतिक जैविक विविधता तथा हिमाल यहाँका आदिवासी जनजाति लिम्बूहरूसँग आस्था जोडिएकाले पर्यावरण बचाइराख्ने उद्देश्यले मुन्धुमी पदमार्गको अवधारण ल्याइएको हो ।

‘लालीगुराँस नगरपालिकालाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पदमार्गको अध्ययन गरेका हौ । अरुण पूर्व बसोबास गर्दै आएका कुनै पनि जाति, धर्म, संस्कार, संस्कृति, कला साहित्य, बोटविरुवा, वातारण,पशुपक्षीको अध्ययन गर्दै विदेशी तथा स्वदेशी अनुसन्धानकर्ता तथा पदयात्रीलाई पर्यटक सूचक पर्यटनसम्बन्धी सम्पूर्ण जानकारी दिने केन्द्रको रूपमा विकास गर्ने तयारी गरिरहेका छौ । लिम्बूहरूको मुन्धुम आदिम जातिको ज्ञान अध्ययन गर्न सकून् भन्ने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको हो,’ माबोहाङले भने ।

टोलीले चोलुङ पार्कदेखि तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, डोबाटे, गिद्धे, खम्बुले, सभापोखरी, तीनपोखरी, कालो पोखरी, साजु पोखरी, सोधुङ पोखरी,भूतपोखरी, ताक्पेगोलालगायतका स्थानको अध्ययन अन्वेषण गरेको पर्यटन पत्रकार संघ प्रदेश नम्बर १ का अध्यक्ष विराट अनुपमले बताए ।

पदमार्ग क्षेत्रमा संरक्षणको अभावमा धेरै प्रजातिका जनावर र बिरुवाहरू स्थानीय, दुर्लभ र खतरामा पर्दै आएका छन् । कस्तुरी मृग ९मोस्चस क्रिसोगास्टर०, रातो पाण्डा ९आइलुरस फुलजेन्स०, हिउँ चितुवा ९उन्सिया अनसिया०, ताकिन ९बुडोरकास ट्याक्सीकलर० र पाँचऔंले ९ड्याक्टाइलोरहिजा हाटागिरिया०, कुत्की ९नियोपिक्रोफ्लोराहिजा० सहित अन्य धेरै खतरामा परेका र लोपोन्मुख वनस्पति प्रजाति पाइने गरेका छन् ।

यस क्षेत्रमा वनस्पतिको अध्यायनका लागि सरकारले चासो देखाउनुपर्ने वनस्पतिविज्ञ कमल मादेनले बताए । यार्चागुम्बा ९ओफियोकोर्डिसेप्स साइनेन्सिस०, जटामांसी ९भलेरियाना जटामांसी०, सर्पगन्धलगायत विभिन्न प्रजातिका जडीबुटी पाइने गरेको छ । पदमार्ग क्षेत्रमा पाइने नीलो भेडाहिउँ चितुवा, हिमालयन कालो भालु जस्ता वन्यजन्तु संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । पदमार्ग क्षेत्रमा भौतिक पूर्वाधार नहुँदा पर्यटकलाई यात्रा गर्न समस्या भइरहेको अध्ययन टोलीका कासाङ शेर्पाले बताए ।

 

Leave a Reply