६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक : अर्थमन्त्री

Arthamantri-talim kendra

काठमाडौं, ५ फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताउनुभएको छ ।

सोमवार ललितपुरको हरिहरभवन स्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशत भन्दा माथिको बहस हुने गरेको बताउनुभयो । उहाँले सरकारमा रहँदा ३-४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरु अहिले ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सर्नेगरेको उल्लेख गर्नुभयो ।

कार्यक्रमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले दिने तालिमको मोडलमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

तालिम केन्द्रले नयाँ भवनको निर्माण २९ करोड ३३ लाख ७ हजार रुपैयाँ सम्पन्न गर्ने लक्ष्य राखेको भएपनि २२ करोड ५२ लाख ३० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);