वन विकासको प्रतिफल दिने नीति आवश्यक : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

वन विकासको प्रतिफल दिने नीति आवश्यक : प्रधानमन्त्री

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरुको साथ लिएर बनाउने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा जनता तथा उपभोक्ताको साथ लिएर बनाउने बताएका हुन् । वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका निम्ति पनि जनताको साथ लिने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको औल्याएका छन् ।

उपभोक्ता समितिहरुले नष्ट भइसकेका वनहरुलाई पुर्नजिवन दिएको उनको भनाई छ । फलस्वरुप वातावरणीय सन्तुलन कायम हुन योगदान पुगेको उनको तर्क छ ।

प्रधानमन्त्री ओलीले सबै प्रकारका वनहरुको सुरक्षा, समुचित प्रवन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको पनि उल्लेख गरे । वनको अधिकतम सुरक्षा र विकास गरी जनता र राष्ट्रले अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);