चित्त दुखाईलाई थाँती राखेर राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

चित्त दुखाईलाई थाँती राखेर राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीकाे आग्रह

pm oli

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाईको विषयलाई थाँती राखेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।

बुधबार कलंकीस्थित मालपोत कार्यालयलाई ‘नमूना मालपोत कार्यालय’ घोषणा गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागि परेको बताए । यस अभियानमा सबैको साथ र सहयोग जरुरी रहेको भन्दै उनले मुलुकमा रहेको वन, जंगललगायतका स्रोतहरुलाई प्रविधिको प्रयोग गरेर विकास गरी एक करोड बढि पर्यटक भित्र्याउने सम्भावना रहेको दावी गरे ।

त्यसको लागि प्रविधिको प्रयोग गरेर विकासको प्रयासलाई अघि बढाउने सरकारको अभियानमा सबैले सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले ‘नेपाल भ्रमण वर्ष – २०२०’ मा २० लाख पर्यटक भित्र्याउन प्रयास गरिरहेको उल्लेख गर्दै यहाँको प्राकृतिक स्रोतहरुको विकास गरी सरकारले एक करोड बढि पर्यटक भित्रयाउन सक्ने सम्भावना रहेको उल्लेख गरे । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);