मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जनाको मृत्यु

काठमाडौं । मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म बाढी–पहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ । गृह मन्त्रालय अन्तर्गत रहेको पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएअनुसार पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते छन् । मृत्यु हुनेमा पुरूष ११ जना र महिला ४ जना रहेका छन् ।

पहिरोबाट ४ सय ५४ जना परिवार प्रभावित भएको शाखाले जानकारी दिएको छ । बाढीबाट ९ जनाको मृत्यु भएको छ । २० जना बेपत्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ । मृत्यु हुनेमा पुरूष ५ जना, महिला ३ र पहिचान हुन नसकेको १ जना रहेको गृहमन्त्रालयले जानकारी दिएको छ । बाढीबाट १ सय १२ घर परिवार प्रभावित भएको तथ्यांक छ । बाढीबाट ४ करोड ६६ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको मन्त्रालयले आँकलन गरेको छ ।

त्यस्तै पहिरोबाट १३ लाख ४१ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ । अहिलेसम्म संखुवासभामा बाढीपहिराले बढी क्षति पु¥याएको छ । संखुवासभामा ३ जनाको मृत्यु र १९ जना बेपत्ता रहेको तथ्यांक छ । यसैबीच आज सिन्धुपाल्चोकसहित १२ जिल्लाका खोला÷नदीमा आउने बाढीले जोखिम निम्त्याउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा त्यसैगरी सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही खोला÷नदीमा आकस्मिक बाढीको जोखिम देखिएको हो ।

Leave a Reply

ताजा समाचार