अछामका महिलाहरु सिलाई कटाइतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

अछामका महिलाहरु सिलाई कटाइतर्फ आकर्षित

सुशील भण्डारी
अछाम, १८ फागुन । अछामका अधिकांश महिलाहरु सिलाई कटाइ व्यवसायतर्फ आकर्षित भएका छन् । चुलोचौकाबाट बाहिर निस्केर महिलाहरु सिलाई कटाइ व्यवसायमा लागेका हुन् । सिलाई कटाइ सिकेपछि श्रीमानको कमाइमा भर पर्नुपर्ने बाध्यता हटेको भन्दै महिलाहरु हर्षित भएका छन् ।

अछामका अधिकांश महिलाहरुले सिलाई कटाई व्यवसायमा लागेर घर खर्च जुटाउने गरेका छन् । रोजगारका लागि विदेश पलायन हुने महिलाको संख्या पनि बढिरहेको बेला अछामका महिला भने आफ्नै गाउँठाउँमा सिलाई कटाईतर्फ आकर्षित भएका हुन् । महिलाहरुले सिलाई कटाइबाट घर खर्च चलाएर मासिक २० हजार आम्दानी गर्ने गरेका छन् । सिलाई कटाई पेशाबाट अत्मनिर्भर बन्नुको साथै श्रीमानको कमाइमा भर पर्नुपर्ने बाध्यता हटेको छ ।

यदी महिलाहरुलाई सीपमूलक तालिम दिने हो भने पुरुष सरह महिलाले पनि काम गर्न सक्छन् भन्ने उदाहरण अछामका महिलाले दिएका छन् । त्यसैले महिलालाई थप सीपमूलक तालिम र सिलाई कटाइ व्यवसायलाई प्रवद्र्धन गर्न सम्बन्धित निकायले पहल गर्नु आवश्यक छ ।