रौतहटको लालबकैया नदीको बाँध भत्किँदा ४०–५० घर डुवानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साउन २८ , रौतहट । अविरल वर्षाका कारण रौतहटको लालबकैया नदीको बाँध भत्किँदा देवाहीगुनाही गाउँपालिका दोहा टोल र करुनिया टोलका करिब ४०–५० घर डुवानमा परेका छन् ।

शनिबार दिउँसो नदीमा पानीको बहाव बढेर बाँध भत्किएपछि दोहा टोल र करुनिया टोल डुबानमा परेका हुन् । बाँध फुटेपछि शुकदेव चोकमा रहेको वडा प्रहरी कार्यालयका हवल्दार विद्यानन्द यादव र प्रहरी जवान राज पटेलले दोहा टोलका करिब दुई सय जनालाई सुरक्षित स्थानमा सारेका छन् । बाढीको प्रवाह बढेकाले अहिले उनीहरुलाई लिएर बसेको स्थान पनि डुबानमा पर्न सक्ने हवल्दार यादवले बताउनुभयो ।

करुनिया टोलका बासिन्दालाई पनि सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको यादवले जानकारी दिनुभयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);