डुबानमा परेका रौतहटका स्थानीयको विचल्ली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डुबानमा परेका रौतहटका स्थानीयको विचल्ली

राकेश यादव
रौतहट, २८ असार । लगातारको वर्षाले तराईका अधिकाँस जिल्लाका बस्तीहरु डुबानमा परेका छन् । भारतले सिमानामा बनाएको बांधका कारण रौतहट डुबानमा परेको हो । १० फिटसम्म पानी जम्दा पनि भारतले बांधको ढोका नखोलेका कारण रौतहटका बस्तीहरु डुबानमा पर्दै आएका छन् ।

सदरमुकाम गौरको मुख्य बजार क्षेत्रमा १० फिटभन्दा बढी पानी जमेको छ । सुरक्षा निकायका कार्यलयहरु, अदालत, जिल्ला प्रशासन कार्यालय, बिद्यालय, सरकारी कार्यालयहरु, कारागारको तल्लो तल्ला डुवेको छ । जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको गण, सशस्त्र प्रहरी बलको गण डुवानमा परेको छ ।

रौतहटको झाँझ, बागमती, लालबकैया र चाँदी नदीमा पानीको सतह उच्च छ । रौतहटको बृन्दाबन, गढीमाइ, गौर, गरुडा र इसनाथ, राजपुर, परोहा, देवाही गोनाही, माधवनारायण नगरपालिका तथा यमुनामाइ तथा दुर्गाभगवती गाँउपालिका अधिकाँस बस्तीहरु डुबानमा परेका छन् । डुवानमा परेको सुरक्षाकर्मीका पोष्टबाट प्रहरीलाई सारीएको छ ।

औरया, बसतपुर, ब्रम्हपुरी लगाएतका प्रहरी चौकीका प्रहरीलाई सारिएको हो । उद्दारमा कठिनाई भएपछि प्रदेश तथा प्रहरी प्रधान कार्यालयबाट थप टोली मद्दतका लागि माग गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तर स्थानीयवासीले उद्धार तथा निरिक्षणका लागि हालसम्म कुनै जनप्रतितिधि तथा सुरक्षाकर्मी देखा नपरेको गुनासो गरेका छन् ।

गौर चन्द्रनिगाहपुर राजमार्ग बन्द भएको छ । उक्त सडक खण्डको राजपुर तुल्सी, सरुअठा, झुन्खुनुवा, सवगढा, बम नहर लगाएतका स्थानमा सडकबाट बाढी गएकाले राजमार्गमा सवारी साधन चलेका छैनन् । रौतहटको फतुवाविजयपुर नगरपालिकासँग आसपासका नगरपालिकाहरुको सम्पर्क विच्छेद भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);