डिलैमा घर, लान्छ भन्‍ने डर | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

डिलैमा घर, लान्छ भन्‍ने डर

badi

काठमाडौं, २९ असार । तीन दिन भयो इटहरी–४ स्थित गैरीगाउँका बासिन्दाले आँखा झिमिक्क गर्न नपाएको। निरन्तरको वर्षा अनि घरछेउमै उर्लिरहेको बूढीखोलाले तीन सयभन्दा बढी घरपरिवार बाढीले बगाउने हो कि भनेर राम्ररी गाँस हाल्नसमेत सकेका छैनन्। दिनभरि बाढीको रमिता हेर्ने स्थानीयका आँखा रातमा पनि खोलाभन्दा अन्यत्र जाँदैनन्। परिवारका सदस्य जागै रहन्छन्। पालैपालो फुत्त खोलाछेउ पुग्छन् अनि पानी बढेको वा घटेको सूचना ल्याउँछन्। त्यसैअनुसार सबै सतर्क रहन्छन्।

दुई वर्षअघि साउन २७ गते राति बस्तीका सबै बासिन्दा खाना खाएर सुतेका थिए। राति एक्कासी बाढी आयो। मध्यरात उर्लिएको बाढी त्यही बस्तीका ६ जनाको ज्यान लिएर सामसुम भएको थियो। परिवार गुमाउनेहरू अझै त्यहीं बसिरहेका छन्। त्यो बाढीमा ४ घण्टा पौडिएर बाँचेकी सानुमाया राई भन्छिन्, ‘अन्त कहाँ जानु ? बाढी कतिखेर आउँछ थाहा हुँदैन।’ अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छापिएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);