सरकारबाट कुनै राहत नपाएको बाढीपिडितको गुनासो | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

सरकारबाट कुनै राहत नपाएको बाढीपिडितको गुनासो

badi pidit

कञ्चनपुर, ३० साउन । कञ्चनपुरको महाकाली नगरपालिकामा जोगबुढा नदीमा आएको बाढीले विस्थापित भएका सर्वसाधारणहरुले सरकारबाट कुनै राहत नपाएको गुनासो गरेका छन् ।

बाढीले प्रभावित भएका ३० घरपरिवारहरुलाई सरकारले राहत र क्षतिपूर्ति उपलब्ध नगराउँदा घर डुबानमा परेका र अन्नबाली समेत बगाएकाहरुले छाक टार्न समेत समस्या भएको बताएका छन् ।

जोगबुढा नदीको बाढीबाट विस्थापित महाकाली नगरपालिका ८, ९ र १० नंबर वडाका वासिन्दाहरु आफ्नो घर फर्किन थालेका र अब क्षतिको विवरण संकलन गरी राहतका लागि पहल गर्ने नगरपालिकाले जनाएको छ ।

मंगलबारदेखी पानी पर्ने क्रम रोकिएको र घरभित्रको पानी समेत कम हुदै गएपछि विस्थापीतहरु आफ्नो घर फर्किन थालेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

जोगबुढा नदीमा आएको बाढी गाउँ पसेपछि ३० घर परिवारका एकसय ४३ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले डुङ्गाको सहायताले उद्धार गरेर अहिले अम्बिका मा वि मा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);