नुवाकोटको लामाटारमा यात्रुवाहक बस दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

नुवाकोटको लामाटारमा यात्रुवाहक बस दुर्घटना

bus accident

नुवाकोट, ३० साउन । नुवाकोटको विदुर नगरपालिका वडा नं ९ लामाटारमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन ।

बुङताङबाट त्रिशुलीतर्फ आउदै गरेको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पासाङ लामु यातयातको बा.२ ख.२८०४ नं.को बस सडकदेखी ४० मीटर तल खसेको थियो । क्षमता भन्दा बढी यात्रु बोकेको कारण बस नियन्त्रण भन्दा बाहिर गएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताए ।

दुर्घटनामा परि चार जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने सामान्य घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);