बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बाजुरा, २९ कात्तिक । बाजुराको मार्तडी सडक अन्तरगत बुढीगंगा नगरपालिका–२ बल्देमा से१ज ५४३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय जिपका मालिक समेत रहेका चालक धनबहादुर साउद रहेका छन् । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

घाइतेहरुको थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिप बाजुराको खप्तड छेडेदह गाउँपालिकाबाट जिल्ला सदरमुकाम मार्तडी आउँदै गरेको थियो । जिप सडकबाट १ सय मिटर तल झरेको छ । बस अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);