मौलिक हकसम्बन्धि कानुन निर्माण असोज ३ गते भित्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मौलिक हकसम्बन्धि कानुन निर्माण असोज ३ गते भित्र

sherbahadur tamang

काठमाडौं, ६ जेठ । सरकारले मौलिक हकसम्बन्धि कानुन तोकिएकै समयमा निर्माण हुने दाबी गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संवैधानिक व्यवस्था अनुसार आगामी असोज ३ गते भित्र मौलिक हकसम्बन्धि कानुन निर्माण भइसक्ने बताएका हुन् ।

मन्त्री तामाङले विभिन्न ४१ किसिमको कानुन मध्ये २० वटा कानुन निर्माणका लागि मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । उनले विधेयक प्रतिस्थापनसम्बन्धि कानुन निर्माणको काममा पनि ढिलाई नहुने स्पष्ट पारे । उनले बजेट अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्ने योजना रहेको पनि बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);