गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था हो - प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था हो – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् । गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएर १५ वर्षमा लागेको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानमार्फत संस्थागत भएको गणतन्त्रको थप विकासका लागि सबै राजनीतक दल र जनताले सहयोग आवश्यक हुने बताए ।

वि.स.२०७७ देखि २०६२÷०६३ जनआन्दोलनसम्मका राजनीतिक क्रान्तिले मुलुकमा गणतन्त्रजस्ता राजनीतिक उपलब्धि प्राप्त भएको र हाल देशमा प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापित भएको बताएका छन् । उनले स्वतन्त्र र सार्वभौम देशका नागरिक भएको र जनताले चुनेका निर्वाचित प्रतिनिधिबाट शासन प्रणाली सञ्चालन हुनु गर्वको विषय भएको पनि बताए ।

हालै स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातवाराण्मा सम्पनन भएको र यसै वर्ष प्रदेश र संघीय संसदको निर्वाचन पनि गरिने प्रधानमन्त्री देउवाको भनाइ छ । उनले नागरिक अधिकार प्राप्तिका लागि भएका राजनीतिक क्रान्तिमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसहित देशका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);