चीनमा केमिकल प्लान्टमा विस्फोट: ४४ को मृत्यु, ९० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चीनमा केमिकल प्लान्टमा विस्फोट: ४४ को मृत्यु, ९० जना घाइते

china

काठमाडौं, ८ चैत । चीनको एउटा केमिकल प्लान्टमा विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

पूर्वी चीनको येनचंग शहरमा रहेको तियानजियाई केमिकल प्लान्टमा विस्फोट भएको हो । विस्फोटमा परेर ९० जना घाइते भएका छन् । घाइतेमध्ये ३२ जनाको अवस्था गम्भीर छ । विस्फोटलगत्तै कारखानामा रहेको ६४० जनालाई अस्पताल र्पुयाइएको थियो ।

विस्फोटपछि कारखानामा आगो लागेको थियो । यो कारखानामा उर्जा उत्पादनको काम हुँदै आएको थियो । चिनियाँ भूकम्प मापन केन्द्रले विस्फोटको समयमा २.२ म्याग्नेच्युटको धक्का महसुस भएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);