चिनियाँ भाषाप्रतिको मोह बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चिनियाँ भाषाप्रतिको मोह बढ्दै

chineselanguage

काठमाडौं, २१ बैशाख । हिजोआज ठमेल निकै फेरिएको छ । पर्यटकको चहलपहल हुने ठमेलको मुख्य क्षेत्रमा दिउँसो सवारी साधन चलाउन निषेध गरिएको छ । अचेल यहाँका साइनबोर्डहरू फेरिएका छन् । जानकार भन्छन् – ठमेल पुग्दा हिजोआज चीनको कुनै सानो सहर पुगे जस्तै हुन्छ ।

धेरैजसो पसल र घरमा नेपाली र अंग्रेजीभन्दा चिनियाँ भाषाका बोर्डहरू झुन्डिएका छन् । चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाली व्यवसायीहरूले आफ्नो पसल र व्यवसायको चिनारी चिनियाँ भाषामा दिने उपाय निकालेका छन् ।

त्यति मात्र होइन, ठमेलमा व्यवसाय गरेर बस्ने चिनियाँको सङ्ख्या पनि बढ्दै छ । यसरी चिनियाँभाषी पर्यटक र व्यवसायी बढेसँगै नेपालीमा चिनियाँ भाषामोह बढेको छ । ठमेलका होटल, रेस्टुराँ तथा पसलले चिनियाँ भाषा जानेका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिन थालेका छन् ।

चिनियाँ भाषा प्रयोगको बढ्दो क्रमसँगै चिनियाँ भाषा सिक्नेहरू पनि बढ्दै छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालन भइरहेको विश्वभाषा क्याम्पसमा पहिलेपहिले अंग्रेजी, फ्रेञ्च, स्पेनी जस्ता भाषा सिक्नेको बाहुल्य हुने गरेको थियो तर हिजोआज चिनियाँ भाषामा विद्यार्थीको ‘क्रेज’ बढेको छ ।

हाल विश्वभाषा क्याम्पसमा चार सय जना विद्यार्थीले चिनियाँ भाषा सिक्दैछन् । बोल्ने र लेख्ने दुवै सिकाउने पाठ्यक्रम नै लागू गरिएको छ । यस क्याम्पसमा २०२८ सालदेखि चिनियाँ भाषाको पढाइ हुँदै आएको छ । अहिले चार जना नेपाली र चार जना चिनियाँ भाषा शिक्षकले पढाइरहेका छन् ।

यो खबर आजको गोरखपत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);