'फानी'को प्रभावले आइतबारसम्म वर्षासँगै हिमपात हुन सक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

‘फानी’को प्रभावले आइतबारसम्म वर्षासँगै हिमपात हुन सक्ने

cyclone_fani

काठमाडौं, २१ बैशाख । बंगालको खाडीमा आएको चक्रवात ‘फानी’को असर भारतको उडिसा राज्यसँगै नेपालमा पनि परेको छ । फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने जनाएको छ ।

शनिबार पूर्वीसँगै मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद् मीनकुमार अर्यालले बताए । यस्तै, मध्यदेखि पश्चिमका केही स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना रहेको उनले बताए । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने अनुमान छ । यस्तै, आइतबार पनि देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य वर्षा हुने महाशाखाले जनाएको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);