रिजुलाई मिस नेवाको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रिजुलाई मिस नेवाको उपाधि

miss newa riju

काठमाडौं, १४ जेठ । १६ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले १३औं संस्करणको मिस नेवाः ११३८ को उपाधि चुमेकी छन् ।
‘नेपालमा विपत् व्यवस्थापन कसरी गर्न सकिन्छ ’ भन्ने प्रश्नको ‘विपत् व्यवस्थापनका लागि हरेक व्यक्तिमा जागरुकता अर्थात् सचेतना हुनुपर्छ’ भन्ने जवाफ दिएर उनले उपाधि जितेकी हुन् ।

नेप्लिज फेसन होमले आयोजना गरेको नेवार समुदायका युवतीको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता जितेपछि रिजुले ताज, २० हजार रुपैया“ नगदका साथमा विभिन्न उपहार प्राप्त गरिन् । रिजुले पब्लिक च्वाइस एवार्डसमेत जितिन् ।

प्रतियोगितामा डा.सरिसा श्रेष्ठले फस्ट रनरअपको उपाधि जितिन् । भर्खरै एमबीबीएस अध्ययन पूरा गरेकी डा.सरिसाले उपाधिसँगै नगद १५ हजार रुपैयाँका साथमा उपहार प्राप्त गरिन् । मतिना मानन्धरले सेकेन्ड रनरअपको उपाधि जित्न सफल भइन् । मतिनाले उपाधिसँगै नगद १० हजार रुपैया“ पनि पाइन् । मतिनाले मिस पर्सनालिटीको उपाधिसमेत जितिन् । परिचयात्मक चरणबाट प्रारम्भ भएको उक्त प्रतियोगितामा सृष्टि शाक्यले पाच हजार रुपैया“ राशिको मिस ट्यालेन्टको उपाधि जितिन् ।

बेस्ट ड्रेसको उपाधिका लागि प्रतिस्पर्धीले आकर्षक पहिरनसहित क्याटवाक गरेका थिए । उक्त सिक्वेन्समा सबैभन्दा आकर्षक पहिरन लगाउने अञ्जु श्रेष्ठले बेस्ट ड्रेसको उपाधि जितिन् । यसबाहेक अञ्जुले बेस्ट हेयरको उपाधि पनि जितिन् । अन्य उपाधितर्फ सरिना महर्जनले उत्कृष्ट नेपाल भाषा, सन्ध्या श्रेष्ठले बेस्ट स्किन, मिलु श्रेष्ठले मिस डिसिप्लिनको उपाधि हासिल गरे । अन्य उपाधितर्फ विना महर्जनले बेस्ट स्माइल, प्रदिका श्रेष्ठले मिस फ्रेन्डसिप, उस्मी श्रेष्ठले मिस फोटोजेनिक तथा राधा श्रेष्ठले बेस्टवाकको उपाधि जितिन् ।

पस्मिना शाक्यले सोसल वेलफेयर एम्बेसडर चिफको उपाधि जितिन् भने सरिसा श्रेष्ठ तथा प्रज्ञा श्रेष्ठले सोसल वेलफेयर एम्बेसडरतर्फको फस्ट रनरअप तथा सेकेन्ड रनरअपको उपाधि जित्न सफल भए । प्रतियोगिताको निर्णायकमा प्राइम बैंकका उपप्रमुख भाइराजा तुलाधर, व्यवसायी प्रदीपमान प्रधान, बुटिक एसोसिएसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, निर्मल श्रेष्ठ, नेपाल टेलिकमकी उपनिर्देशक रीना डंगोल, पूर्वमिस नेवा योगिता महर्जनलगायत थिए । अन्नपुर्णबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);