मिस वर्ल्ड: शृङ्खला खतिवडा उत्कृष्ट १२ मा सिमित | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८०, शुक्रबार

मिस वर्ल्ड: शृङ्खला खतिवडा उत्कृष्ट १२ मा सिमित

miss-world

काठमाडौं, २३ मंसिर । मिस नेपाल शृङ्खला खतिवडाको मिस वर्ल्ड २०१८ को ताज जित्ने सपना अधुरो बन्न पुगेको छ।

मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा उत्कृष्ट १२ मा पुगेकी उनी अन्तिम चरणको उत्कृष्ट पाँचमा पर्न असफल भए पछि उनको यात्रामा विराम लागेको हो । चीनमा केही बेरअघि उत्कृष्ट १२ मा परेपछि उनले आफ्नो घुम्ने र स्काइ डाइभिङ गर्ने योजना सुनाएकी थिइन्।

उनी दुई छिमेकी देश भारत र चीनका सुन्दरीलाई उछिन्दै उत्कृष्ट १२ मा परेकी थिइन् । शृङ्खलाले मिस वर्ल्डका दुई मुख्य उपाधि मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पस जितिसकेकी छन्।

उनले साथ र सहयोगका निम्ति नेपाल र समर्थकलाई धन्यवाद दिएकी छन्। धेरै नेपालीहरूले उनको सहभागितालाई राष्ट्रिय गौरवको रूपमा लिएको पाइयो।

कैयौं प्रशंसकले उनले उपाधि जिते पनि नजिते पनि ‘लाखौँ नेपालीको मन जितिसकेको’ प्रतिक्रिया दिएका थिए।