दसैं–तिहारमा नाचगान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दसैं–तिहारमा नाचगान

promod kheral

रौतहट, १ कात्तिक । चन्द्रनिगाहपुर युवा समूहले यसपालि पनि दसैं–तिहार उत्सव गरेको छ  । यो चौथो संस्करणमा दर्शक–स्रोताले नाचगान र प्रहसनको आनन्द उठाए  ।

चोक नजिकको मैदानमा आयोजित उत्सवमा आइतबारका आकर्षण थिए गायक प्रमोद खरेल । हास्यकलाकार निशान्त कटुवालले बलिउडका विभिन्न कलाकारका क्यारिकेचर गरे । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि उनले छाडेनन् ।

गायिका जुनु प्रसार्इंले ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार’ लगायतका गीत गाइन् । गायक आरके क्षत्रीले पनि कौशल देखाए । साँझतिर स्टेज चढेका प्रमोदले आफ्ना लोकप्रिय गीतहरू सुनाए । ‘माया गर्ने मुटु नै हो,’ ‘मबिना कसैकसैको मुस्किल छ पोखरामा,’ ‘ओई झुमा ओई झुमा ओई झुम्कावाली,’ ‘चल बतास चल,’ ‘उसले जति माया’ लगायत गाएर उनले दर्शक–स्रोतालाई भरपूर रमाइलो दिएका थिए । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);