चलचित्र ‘ए मेरो हजुर-२’ ले पीडितलाई गर्‍याे सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चलचित्र ‘ए मेरो हजुर-२’ ले पीडितलाई गर्‍याे सहयोग

काठमाडौं, ११ फागुन ।  सुहाना इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको चलचित्र ‘ए मेरो हजुर-२’को विदेश प्रदर्शनबाट उठेको रकमको केही अंश विभिन्न पीडितलाई सहयोगस्वरूप प्रदान गरिएको छ । यो चलचित्र सुनीलकुमार थापाले निर्माण तथा नायिका झरना थापाले निर्देशन गरेकी हुन् ।

बेल्जियममा ‘ए मेरो हजुर-२’ प्रदर्शन गरेर उठेको ९१ हजार रुपैयाँ बेल्जियमकै संस्था क्याटमार्फत तराईका शीतलहर पीडितलाई सहयोगस्वरूप प्रदान गरिएको निर्माता थापाले बताए । बेल्जियमकै बुर्गेमा चलचित्र प्रदर्शनबाट उठेको ५१ हजार रुपैयाँ एभरेस्ट नेपाली समाजमार्फत स्वास्थ्य उपचार गराइरहेकी गायिका जलजला परियारलाई सहयोग गरिएको छ । त्यसैगरी अमेरिका निवासी मुकेश सुवेदीले मुकेश सुवेदी फाउन्डेसनमार्फत जलजलाको उपचारमा २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

अमेरिकाको भर्जिनियामा चलचित्र ए मेरो हजुर-२ प्रदर्शन गरी उठेको रकमको पच्चीस प्रतिशत रकम चितवनको अस्पतालमा क्यान्सरको उपचार गराइरहेका १० वर्षे बालक विवेक आचार्यलाई सहयोग गरिने निर्माता थापाले बताए । मार्च १० मा अमेरिकाको कोलोराडो सहरमा चलचित्र प्रदर्शन गरी हाल उपचार गराइरहेका मेकअप आर्टिस्ट इन्द्र लामालाई ‘ए मेरो हजुर-२’का अमेरिका वितरक बाबुकाजी श्रेष्ठले २५ हजार रुपैयाँ सहयोग गर्ने भएका छन् । अन्नपूर्णपोष्टबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);