'ए मेरो हजुर २' लगातार हाउसफूल, दुई दिनमै झण्डै साढे दुई करोड कलेक्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, १८ भदौ । नायिका झरना थापाले निर्देशनमा डेब्यू गरेको चलचित्र ‘ए मेरो हजुर २’ यतिखेर दर्शकको बाक्लो साथले उत्कृष्ट व्यापार गरिरहेको छ ।

 

शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले बम्पर ओपनिङ गर्यो । शुक्रबार र शनिबार सिंगल र मल्टिप्लेक्स सबै हलहरुमा हाउसफूल दर्शक पाएको ‘ए मेरो हजुर २’ लाई आईतबारको सार्वजनिक बिदा मौकामा चौका बन्न पुगेको छ ।

 

सार्वजनिक बिदाका कारण आइतबार बिहानैदेखि फिल्म हलहरुमा ‘एक मेरो हजुर २’ का लागि दर्शकको ओइरो लागेको छ । उसो त प्रदर्शनको दुई दिनमै कूल २ करोड ३९ लाख १ हजार कलेक्सन गर्न फिल्म सफल भईसकेको छ ।

 

फिल्म निर्माण टिमले माउथ पब्लिसिटीका कारण आईतबारपछि झन् दर्शकको साथ पाउने अपेक्षा राखेको छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा झरनाको निर्देशन यतिखेर अब्बल देखिएको छ ।

 

फिल्ममा डेब्यू ब्वाई सलिनमान बानिया, नायिका साम्राज्ञी शाह, सलोन बस्नेत, अम्बर सुवेदी लगायतको अभिनयलाई दर्शकले रुचाएका छन् ।

 

सिनेमाको सफलतासँगै झरना थापाले सफल महिला निर्देशकको ट्याग भिर्ने पक्का भएकी छिन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);