अमेरिकामै गरे नायक राजबल्लभ कोइरालाले इन्गेजमेन्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाण्डौँ, १९ भदौ । चलचित्र ‘पर्खि बसेँ’ बाट नेपाली सिनेमा जगतमा डेब्यू गरेका नायक राजबल्लभ कोइरालले इन्गेजमेन्ट गरेका छन् ।

अहिले अमेरिकामा रहेका नायक कोइरालाले अमेरिकामा नै बस्दै आएकी प्रतिमा बिमलीसँग लगनगाँठो कस्ने भएका हुन् ।

राजवल्लभ र प्रतिमाका इन्गेजमेन्टका तस्बिरहरु उनका साथीहरुले फेसबुकमा पोष्ट गर्दै वधार्इ दिएपछि यो खबर बाहिरिएको हो । यद्यपी राजवल्लभले भने यो बिषयमा केही खुलाएका छैनन् ।

 

केहीदिन अगाडी इन्गेजमेन्ट गरेका राज र प्रतिमाले डिसेम्बरमा बिहे गर्नेछन् । प्रतिमाको परिवार अमेरिकामै बस्दै आएका छन् ।

 

नायक कोइराला हलिउड चलचित्र ‘हाइवे टू धम्पुस’को छायांकनका क्रममा अमेरिका पुगेका थिए । त्यसपछि, उनले उतै बस्ने निर्णय गरेका हुन् ।

 

उनीहरुले केही समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);