वार्नर ब्रदर्सको नजरमा लियोनार्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एजेन्सी, १७ भदौ । सायद हामी मध्य कसलाई थाहा नहोला ब्याटम्यान फिल्मको सुपर भिलेन जोकरको बारेमा । सोही पात्रलाई आधार मानेर वार्नर ब्रदर्स इन्टरटेनमेन्ट कम्पनीले जोकर ओरिजीन भन्ने फिल्म ल्याउने भएको छ । जसको निर्माण भने मार्टिन स्कोसीसीले गर्ने भएका छन् ।

 

फिल्मका लागि सो इन्टरटेनमेन्ट कम्पनीको नजरमा उपयुक्त पात्रको रुपमा ओस्कार अर्वाड बिजेता लियोनार्दो दी काप्रीयो परेका छन् । द रेभिनेन्टका कलाकार यति बेला हरेक प्रोडक्सन हाउसको पहिलो रोजाईमा पर्ने गर्छन् । मार्टिन र लियोनार्दोको सम्बन्ध निकै नै राम्रो छ । मार्टिन र लियोनार्दोले यो भन्दा अघि द एभिएटर, द ग्याङस् अफ न्यू योर्क, द सटर ल्याण्ड र द वल्फ अफ वाल स्ट्रिटमासँगै काम गरिसकेका छन् । जुन फिल्महरुले हलिउड बक्स अफिसमा तहल्का मच्चाईसकेका छन् ।

 

जारेड लेटो, जो ब्याटमान फिल्ममा जोकरको भुमिका गरेका उनी भने यस विषयमा असन्तुष्ट रहेको बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);