‘ए मेरो हजुर २’ युट्युबमा सार्वजनिक (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

‘ए मेरो हजुर २’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

काठमाडौं, १६ कात्तिक । गतबर्षको हिट चलचित्र ‘ए मेरो हजुर २’ युट्युबमा रिलिज भएको छ ।

नजिकिएको तिहारको अवसर पारेर निर्माण पक्षले चलचित्र युट्युबमा रिलिज गरेको हो । सुहाना इन्टरटेनमेन्टको ब्यानर र सुनिल कुमार थापाको लगानीमा बनेको चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । उनको यो पहिलो निर्देशकिय चलचित्र हो ।

हरिहर अधिकारीको लेखन र सामिप्याराज तिमिल्सेनाको पटकथा र संवाद रहेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बनियाको मुख्य भूमिका रहेको छ । नायक सलिनमान बनियाले यसै चलचित्रबाट सिने नगरीमा डेव्यु गरेका हुन् ।

यो चलचित्रमा साम्राज्ञी र सलिनको अलावा सलोन बस्नेत, विल्सन विक्रम राई, बुद्धि तामाङ, बालकलाकार अनुभव रेग्मी, अम्बर सुवेदी, सुमन पौडेल, अजस्र ढुङ्गाना, अनुराग कुवेर मुख्य भूमिका रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);