‘बुलबुल’को पहिलो गीत सार्वजनिक, फिल्म फागुन ३ मा रिलिज | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

‘बुलबुल’को पहिलो गीत सार्वजनिक, फिल्म फागुन ३ मा रिलिज

काठमाडौं, १६ कात्तिक । ‘फ्ल्यास मोब’ शैलीमा फिल्म ‘बुलबुल’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

काठमाडौंको सुन्धारास्थित काठमाडौं हलमा भने ४० बढी डान्सरसँग अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालले एकसाथ ठुम्का लगाए । गीत बज्न थालेपछि मलको पिडीमा एक्कासी कलाकारहरु एकजुट भएर नाच्न थालेका थिए । उक्त गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ ।

कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र सय जनाको कोरस सहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख खर्च भएको निर्माण टिमको दाबी छ । अविरल थापा फिल्मका निर्माता हुन् ।

फिल्ममा स्वस्तिमा र मुकुनका अलावा बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराईलगायतको अभिनय रहेको छ । फिल्म फागुन ३ मा रिलिज हुँदैछ । उक्त फिल्ममा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);