'कृ'ले ६ दिनमा देशभरबाट कुल ५ करोड ४० लाख कमायाे | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

‘कृ’ले ६ दिनमा देशभरबाट कुल ५ करोड ४० लाख कमायाे

अनमोल केसी अभिनीत ‘कृ’ फिल्मले ६ दिनमा देशभरका हलबाट कुल ५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । फिल्म निर्माता सुवास गिरीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कृको ६ दिनको कमाइ सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा निर्माता गिरीले आफूले कृको ‘ओभरसिज राइट’ ८० लाखमा बेचेको र विभिन्न ब्रान्डको स्पोन्सरबाट ५० लाख रुपैयाँ आर्जन गरेको जानकारी दिए । उनले कृमा तीन करोड ८० लाख रुपैयाँ लगानी लागेको र अहिलेसम्मको व्यापारबाट लगानी सुरक्षित भइरहेको दाबी गरे । ‘विदेश राइट, ब्रान्ड स्पोन्सर तथा ६ दिनको व्यापारबाट कृको लगानी सुरक्षित भइसकेको छ,’ निर्माता गिरीले भने, ‘अब हुने व्यापार सबै नाफा हो ।’ उनले कृ शुक्रबारदेखि देशभरका झन्डै ८० हलमा दोस्रो सातामा प्रवेश गरेको जानकारी दिए ।

कृका अर्का निर्माता भुवन केसीले महँगो रकम लगाएर गुणस्तरीय फिल्म निर्माण गरिएको भन्दै कृले अक्षयकुमार स्टार हिन्दी फिल्म प्याडम्यानलाई पछारेको दाबी गरे । कृका निर्देशक सुरेन्द्रले आफूहरूको मिहिनेतले फल पाएको भन्दै खुसी प्रकट गरे । दोस्रो सातामा पनि केही सार्वजनिक बिदा परेकाले कृको व्यापार अझ राम्रो हुने विश्वास निर्माण पक्षको छ । फिल्ममा अनमोलका साथमा अदिति बुढाथोकी, सरोज खनाल, रूपा राना, अनुपविक्रम शाहीलगायतले अभिनय गरेका छन् । नयाँ पत्रिकाबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);