‘कृ’ निर्माता र प्रधानबिच ११ लाखमा मिलापत्र | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

‘कृ’ निर्माता र प्रधानबिच ११ लाखमा मिलापत्र

kri film

काठमाडौं, १४ चैत । अभिनेता अनमोल केसीले अभिनय गरेको फिल्म ‘कृ’ मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत चोरीको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका निर्माता सुवास गिरी मुक्त भएका छन् ।

२०४० सालमा प्रदर्शन भएको अभिनेता भुवन केसी अभिनीत तथा शम्भु प्रधान निर्देशित फिल्म ‘सम्झना’ मा समावेश उक्त गीत विना अनुमती फिल्म ‘कृ’ मा राखिएको भन्दै केही हप्ता अगाडि काठमाडौं प्रहरी परिसर, टेकुमा निर्देशक प्रधानले निर्माता भुवन केसीविरुद्ध जाहेरी दर्ता गराएका थिए ।

तर, चलचित्र विकास बोर्डमा ‘कृ’ निर्मातामा सुवास गिरीको नाम रहेका कारण प्रहरीले उनलाई मंगलवार साँझ अनुसन्धानका लागि हिरासतमा राखेको थियो । बुधवार दिउँसो प्रहरी परिसर, टेकुमा शम्भु र निर्माता गिरीबिच ११ लाखमा मिलापत्र भएको छ । अब निर्माता गिरीले प्रधानलाई क्षतीपूर्ती स्वरुप ११ लाख रुपैयाँ दिने पर्नेछ ।

मिलापत्रमा ‘कृ’ युट्युबमा आउँदा ‘उकालीमा अघि अघि’ वाक्य काट्नु पर्नेछ । विदेश प्रदर्शनमा भने गीत यथावत नै रहनेछ । यसअघि जाहेरी दिँदा निर्देशक प्रधानले फिल्मकोको मुनाफाको ५० प्रतिशत चाहिने भन्दै अड्डि कसेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);