फर्स्टलुक सार्वजनिक गर्दै ‘मनाङ्गे नानी’ रिलिज घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

फर्स्टलुक सार्वजनिक गर्दै ‘मनाङ्गे नानी’ रिलिज घोषणा

manange nani film

काठमाडौं, १६ चैत । वर्ष २०७५ को बैशाख १४ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘मनाङ्गे नानी’ को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको दुई रोमान्टिक पोष्टर रिलिज गर्‍यो ।

पोष्टरमा अभिनेता भिम गुरुङ र अभिनेत्री शान्ती गुरुङ रोमान्टिक मूडमा देखिएका छन् । यस फिल्ममा रिया गुरुङ, जेनिशा गुरुङ, कुशल गुरुङ, जेनिशा गुरुङ, खुशी गुरुङलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ । मनाङको आसपासमा खिचिएको फिल्ममा कथा, पटकथा तथा संगीत निर्देशक खुस बहादुर गुरुङको छ । यसलाई गौतम गुरुङ, सोलेबहादुर गुरुङ, भिमराज गुरुङ र टिकामाया गुरुङले मिलेर निर्माण गरेका हुन् ।

सुभेच्छा फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित उक्त फिल्ममा श्रीकृष्ण फुयाँलको छायांकन, जनक गुरुङको द्वन्द्व छ भने सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);