'कृ' रिलिज नहुँदै अनमोललाई 'क्याप्टेन' बनाउने घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

काठमाण्डौँ, २५ मंसिर । चक्लेटी नायकको छवि बनाएका अनमोल केसीले पछिल्लो समय चलचित्रमा आफ्नो भुमिकालाई परिवर्तन गर्न थालेका छन् ।

यतिखेर उनका फ्यानहरु चलचित्र ‘कृ’ को पर्खाइमा छन् । चलचित्र ‘कृ’ मा अनमोललाई चकलेटी र आक्रामक अवतारमा देख्न पाईने भएको छ । होस्टल, जेरी, ड्रिम्स, गाजलु चलचित्रमा अभिनय गरेरै स्टार बनेका अनमोल अब फुटबल क्याप्टेन बन्ने भएका छन् ।

अनमोलको छैटौँ चलचित्र क्याप्टेनमा उनी फूटबल खेलाडीको रुपमा देखिने भएका हुन् । फिल्मलाई अनमोलका पिता भुवन केसीले द सुपर काजोल फिल्मसको ब्यानरमा निर्माण गर्न लागेका हुन् ।

‘ऐश्वर्य’ निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने क्याप्टेन आगामी फागुनदेखि फ्लोरमा जाने भएको छ । सानो गाउँबाट फूटबल सुरु गरेर राष्ट्रिय स्तरको खेलाडी बन्ने कथालाई क्याप्टेनमा समेटिएको अभिनेता भुवन केसीले बताएका छन् ।
बहुप्रतिक्षित फिल्म ‘कृ’ आगमी माघ २८ देखि प्रदर्शन हुने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);