आज विश्व रंगमञ्च दिवस, नेपालमा पनि मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

आज विश्व रंगमञ्च दिवस, नेपालमा पनि मनाइयो

अप्सरा लामिछाने

काठमाडौं, १३ चैत । आज विश्व रंगमञ्च दिवस नेपालमा पनि मनाइएको छ । पछिल्लो समय नेपाली रंगमञ्चमा युवा पुस्ताको आकर्षण बढ्दो छ । तर रंगकर्मीको आर्थिक अवस्थामा भने सुधार हुन सकेको छैन ।

समाजमा व्याप्त विकृतिलाई हटाउन नाटकमार्फत जनचेतना तथा उत्प्रेरणा जगाउने उद्देश्यले प्रत्येक वर्ष मार्च २७ मा विश्व रंगमञ्च दिवस मनाउने गरिन्छ । सन् १९६१ मा अन्तराष्ट्रिय रंगमञ्च संस्थाले दिवस मनाउन थालेपछि विश्वभरका रंगकर्मीहरुले मनाउन थालेका हुन् ।

समग्र मानव जीवन चित्रण गर्ने प्रभावशाली विधाको रुपमा नाटकलाई लिइन्छ । समाजलाई सहि बाटो हिडाउन, विसंगति तथा विकृति हटाउन नाटक प्रभावकारी मानिन्छ ।

पछिल्लो समय नेपाली रंगमञ्चमा युवा पुस्ताको आकर्षण पनि बढ्दो छ । तर उनीहरुको आर्थिक अवस्थामा भने सुधार आउन सकेको छैन । नाटकमा अभिनय गरेर मात्रै गुजरा चलाउन कठिन भएको रंकर्मीहरु बताउछन् ।

समाजलाई सहि बाटोमा हिडाउने रंगमञ्चलाई राज्यले उपेक्षा गरेको रंगकर्मीहरु बताउँछन् । नेपालमा प्रविधिमैत्री नाटकघर बन्न सकेको छै्रन । भएका नाटकघरको पनि भौतिक संरचना कमजोर छ । जसको कारण राम्रो नाटक मञ्चन हुन सकेको छैन । त्यसैले रंगमञ्चको विकासका लागि राज्यले पहल गर्नु आवश्यक रहेको रंगकर्मी बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);