नेपालमा पनि 'भ्यालेनटाइन डे' मनाइयो | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

नेपालमा पनि ‘भ्यालेनटाइन डे’ मनाइयो

कविता कार्की

काठमाडौं, २ फागुन । पछिल्लो समय नेपाली युवापुस्ता ‘भ्यालेनटाइन डे’ अर्थात प्रेम दिवसलाई पर्वकै रुपमा मनाउन थालेका छन् । प्रेम दिवसको अवसरमा प्रेम-प्रेमीकाबीच माया साटासाट गर्दै उपहार दिनुकासाथै युवापुस्ताले औपचारिक कार्यक्रमसमेत आयोजना गरे ।

प्रेम अभिव्यक्त गर्ने आ–आफ्नै तरिका हुन्छन् । प्रेम दिवसलाई प्रेम अभिव्यक्त गर्ने दिनको रुपमा लिइन्छ । युवायुवतीहरु प्रेम दिवसका दिन मनपरेको व्यक्तिसँग घुम्न जाने, उपहार आदानप्रदान गर्ने गर्दछन् ।

यसै सन्दर्भमा काठमाडौंको त्रिचन्द्र क्याम्पसमा अध्यननरत विद्याथीहरुले भने सांगितिक कार्यक्रम गरी प्रेम दिवस मनाएका छन् । यस्ता कार्यक्रमले विद्र्यार्थीहरुबीच प्रेम तथा भाइचाराको भावनाको विकास हुने उनीहरुको भनाइ छ ।

त्यसो त भ्यालेन्टाइन्स डे पश्चिमा संस्कृति भएको भन्दै विरोध गर्नेहरु पनि छन् । तर, युवापुस्ता भने प्रेम दिवसले आत्मियता बढाउने भएकाले विरोध गर्नुको अर्थ नरहेको बताउँछन् ।

सुचना र प्रविधिमा आएको परिवर्तनसँगै विश्व एकै स्थानमा आइपुगेको छ । विश्वले मनाउँदै आएको भ्यालेनटाइन डे नेपालमा मनाइनुलाई नौलो रुपमा लिनु समयसान्र्दभिक नहुन सक्छ । तर, प्रेम दिवसको नाममा हुने विकृतितर्फ भने सचेत हुन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);