नायक पल शाह बने १४ अञ्चलकै ज्वाई 'भिडियो सहित' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नायक पल शाह बने १४ अञ्चलकै ज्वाई ‘भिडियो सहित’

paul-sara

काठमाडौं, १० चैत । चर्चित नायक पल शाहले एक फरक स्वादको म्यूजिक भिडियोमा अभिनय गरेका छन् । उनले नायिका सारा सिर्पालीसँग जोडी बाँध्दै भिडियोमा १४ अञ्चलमा नै आफ्नो ससुराल भएको बताएका छन् ।

माधव न्यौपानेको शब्द तथा संगीत तथा चर्चित लोक गायक खुमन अधिकारीको स्वरमा रहेको ‘१४ अञ्चल ससुराल’ बोलको गीतको भिडियोलाइ शुक्रबार राती इनाक्षी इन्टरटेण्टमेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गायक खुमनले आफ्ना साविकका गीतहरु भन्दा फरक तरिकाले यस गीतलाई प्रस्तुत गरेका छन् । गीतमा अराज केशवले र्याप हानेका छन् ।

चलन चल्तीको गीत भन्दा केहि लामो लाग्ने गीतमा पल र सारासँगै अराज केशवले पनि नृत्य गरेका छन् । बिक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा पछिल्लो समय चर्चामा रहेको अशिक र निरजको समलिंगी जोडी समेत रहेको छ भने गीतमा भनिए अनुसार नै विदेशी युवतीलाई पनि देख्न सकिन्छ । भिडियोलाई अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुली सम्पादन रहेको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);