मुगुका अग्नि पीडितकाे ल्होसार त्रिपालमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मुगुका अग्नि पीडितकाे ल्होसार त्रिपालमै

मुगु । मुगुका अग्नि पीडितले यस वर्षकाे साेनाम ल्हाेसार त्रिपालमा मनाएका छन् । गत २९ कात्तिकमा  गमगढी बजारमा भएको आगलागीका पीडितले यस वर्ष त्रिपालमै जसाेतसाे सोनाम ल्होसार पर्व मनाएका छन् ।

अग्नि पीडितले आफ्नो परपम्पराअनुसार  त्रिपालमै सोनाम ल्होसार मनाएका हुन । विगतका वर्षहरूमा विभिन्न प्रकारका मिठाई लगायत अन्य सामग्री बनाएर पाहुना बोलाएर सँगै खाने गरेका उनीहरूले यस वर्ष गतिलाे बास नहुँदा कसैले नबाेलाई मनाएकाे ठिल्ले लामाले बताए ।

१५ दिनसम्म चल्ने सोनामा ल्होसारमा तामाङ समुदायले एक आपसका सद्धाव प्रेम  साटासाट गर्ने, आफन्त, छोरी ज्वाइँलगायतलाई बोलाएर मिठा परिकार खुवाउने  प्रचलन छ । साविक कर्णालीका पाँच जिल्लाहरु जुम्ला डोल्पा,,हुम्ला ,कालीकोट र मुगुमा बसोबास गर्ने तामाङ समुदायले बुधबार सोनाम ल्होसार मनाएका छन् । बौद्धधर्मालम्बीहरूको प्रमुख चाडका रुपमा मनाउने ल्होसारलाई नयाँ वर्षका रुपमा पिन मनाइने गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);