पोखरामा शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन, तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पोखरामा शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन, तीन जना पक्राउ

असिम पौडेल,
कास्की । जातीय विभेदविरुद्ध मंगलबार पोखराको मानवअधिकार चोक चिप्लेढुंगामा विरोध प्रदर्शन गरिएको छ । उक्त प्रदर्शनमा प्रदर्शनकारीले शिक्षामन्त्री तथा हाल स्वास्थ्य मन्त्रीको जिम्मेवारी समाल्दै आएका कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरेका छन् ।

त्यसै क्रममा प्रहरी र प्रदर्शनकारी बीच केहीसमय झडपको वातावरण सृजना भएको थियो भने प्रहरीले पुत्ला दहन गर्ने किरण नेपाली, नेत्र चापागाईं र रेसम सापकोटालाई पक्राउ गरेको छ ।

रुपा सुनार लगायत सम्पूर्ण जातीय विभेद र मन्त्रीको गतिबिधिविरुद्ध आन्दोलन गरिएको सहआयोजकले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);