गुठी विधेयकविरुद्ध देशव्यापी आन्दोलनको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गुठी विधेयकविरुद्ध देशव्यापी आन्दोलनको तयारी

guthi andolan

काठमाडौं, ३० जेठ । सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकविरुद्ध देशव्यापी आन्दोलनको तयारी थालिएको छ । उपत्यकामा विभिन्न्न संगठनले आन्दोलन गर्दै आएकामा सबै संस्था संगठित भएर आन्दोलनलाई एकीकृत र सशक्त बनाउने अभियानस्वरूप उपत्यका संस्था, विज्ञ तथा सम्पदापे्रमी सम्मिलित अभियन्ता राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति गठन भएको छ । समितिको संयोजकमा सम्पदा संरक्षण अभियानका अभियन्ता गणपतिलाल श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।

यसैबीच गुठी संरक्षणका अभियन्ताले माइतीघर मण्डलामा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा आइतबार प्रहरीले गरेको दमनका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विधेयक गुठी संरक्षणकै पक्षमा रहेको भनी दिएको अभिव्यक्तिले थप आक्रोशित बनाएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।

आन्दोलनका क्रममा सोमबार असनमा विशाल विरोध प्रदर्शन भएको थियो । त्यस्तै, मंगलबार नेवा मुक्ति मोर्चाले मंगलबार असनबाट जुलुस निकालेर विरोध जनाएको थियो भने यसकै निरन्तरतास्वरूप बुधबार न्युरोडको जुद्ध सालिकमा आमसभाको आयोजना गरी जुलुससहित दिउँसै मैनबत्ती बालेर सरकारको ध्यानाकर्षण गराएको थियो । उनीहरूले सरकारले विधेयक फिर्ता नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले अबको आन्दोलन देशव्यापी हुने बताएका छन् । श्रेष्ठले हाल जनप्रतिनिधिलाई संसद्मा जिम्मेवार बनाएर विधेयक फिर्ताका लागि दबाब दिने कार्यक्रम भइरहेको बताए ।

सरकारले संसद्मा दर्ता गराएको विधेयक धार्मिक तथा सांस्कृतिक महŒवका गुठी संरक्षणको पक्षमा नरहेको भन्दै उनले विधेयक फिर्ताका लागि जस्तोसुकै आन्दोलनका कार्यक्रम गर्न तयार रहेको जानकारी दिए । आफूहरू संयमित हुँदाहुँदै पनि सरकारले अटेर गरे उपत्यका तथा जिल्लामा देशव्यापी आन्दोलनको तयारी सुरु भएको र यसका लागि गुठीयार, सरोकारवाला तथा अभियानसँग सम्बन्धित संघसंस्थासँग छलफल जारी रहेको उनको भनाइ छ ।

प्रदर्शनका क्रममा भएको धरपकडका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभासदहरूले संसद्मा गृहमन्त्रीको जवाफ माग गरेका थिए । गृहमन्त्री थापाले आन्दोलनकारीकै कारण सामान्य बल प्रयोग गरेको जानकारी संसद्लाई गराएका थिए ।  यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);