भारतको औपचारिक भ्रमणका क्रममा प्रचण्ड बिहीबार अपरान्ह दिल्ली पुगे | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतको औपचारिक भ्रमणका क्रममा प्रचण्ड बिहीबार अपरान्ह दिल्ली पुगे

prachanda-1

काठमाडौं, २२ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको औपचारिक भ्रमणका क्रममा बिहीबार अपरान्ह दिल्ली पुगेका हुन् ।

एयर इन्डियाको उडान नम्बर एआई २१६ बाट दिल्ली गएका प्रचण्ड लाई नेकपाका महासचिव विष्णु पौडेल तथा नेताहरू अमिक शेरचन, सुवासचन्द्र नेम्वाङ, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, लीलामणि पोखरेल लगायतले बिदाइ गरेका हुन् । प्रचण्डले शनिबार दिउँसो साढे १२ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ७ लोककल्याण मार्गस्थित प्रधानमन्त्रीनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । दिल्ली जानुअघि पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेपाल र भारतबीच यसअघि भएका सम्झौता र सहमति कार्यान्वयनमा जोड दिने बताएका थिए ।

शनिबार दिउँसो साढे १ बजे प्रचण्डको सम्मानमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले दिवाभोज आयोजना गरेकी छन् । भने साँझ प्रचण्डले इन्डिया फाउन्डेसनद्वारा आयोजित विद्वत् समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । शुक्रबार साढे १२ बजे भारतका गृहमन्त्री राजनाथ सिंहले प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् । भने साँझ ६ः३० बजे पिएचडिसिसिआईद्वारा आयोजित भारतीय उद्योगी व्यवसायीसँगको अन्तक्र्रियामा सहभागी हुने प्रचण्डको कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);