मन्त्रीहरुले बदनाम गरे, ओलीले तत्काल मन्त्री फेर्नुपर्छ : मणि थापा ( भिडियो सहित ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

मन्त्रीहरुले बदनाम गरे, ओलीले तत्काल मन्त्री फेर्नुपर्छ : मणि थापा ( भिडियो सहित )

madi thapa

काठमाडौं, १३ भदौ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको करिब ६ महिना पुगेको छ । यो सरकार सँग थुप्रै अपेक्षा र आशा गरिएको थियो । आम मानिसहरुले अब त स्थिर सरकार बन्यो र यो स्थिर सरकारले आम मानिसहरुका हरेक दिनका दुखहरुलाई दुर गर्नेछ भनेर अपेक्षा गरेका थिए ।

र यो ६ महिनाको बिचमा उनिहरुले सबै कुरा जादुमन्तर जस्तो तुरुन्तै छु मन्तर हुन्छ , तुरुन्तै सबै कुरा मिलिहाल्छ भनेर किमार्थ अपेक्षा गरेका थिएनन् तर कम्तीमा पनि आम जनताका गुनासाहरुलाई सम्बोधन गर्नका लागि यसको बिचमा कदमहरु चालिनेछन् ।

केहि संकेतहरु देखा पर्नेछन् भनेर अपेक्षा गरेका थिए तर सरकार नदेखिने ढंगको अनौठो अलमलमा देखा परेको छ । सरकार बलियो छ , सरकार एकमना छ सरकारलाई अल्झाउने बल्झाउने र छेक्ने कुनै तत्व र पदार्थ पनि देखा परेको छैन् तर सरकारले जसरी काम गर्नुपर्ने थियो आम जनताका गुनासा र समस्याहरु सम्बोधन गर्नका लागि सरकार चुकिरहेको छ ।

यो के कारणले हो सरकारले पार्टीबाट प्रयाप्त सहयोग प्राप्त नगरेका कारणले वा उसले आप्ःनो बिलक्षण क्षमता देखाउने समय नभईसकेकाले सरकारमा देखिएको आलस्यता , जनताले खाजेको अपेक्षा बिचको सम्बन्ध कहाँनेर भेटघाट हुन्छ भनेर खरो प्रश्नका प्रस्तोता प्रकाश गिरिको नेपाल कम्युनिष्ट पार्टीका नेता मणि थापा सँगको कुराकानी भिडियोको लागी तल क्लिक गर्नुहोला ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);