सामाजिक सुरक्षा योजनाको प्रचारमा ६७ लाख खर्च | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सामाजिक सुरक्षा योजनाको प्रचारमा ६७ लाख खर्च

oli tamjham

काठमाडौं, १४ मंसिर । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भको प्रचार–प्रसार र उद्घाटन व्यवस्थापनका लागि ६७ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खर्चको जानकारी गराएका हुन् ।

प्रचार–प्रसार र उद्घाटन कार्यक्रमको व्यवस्थापनमा लागेको खर्च अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको उनले बताए । ‘बाहिर अफवाहका रूपमा आएजस्तो प्रचार–प्रसारमा करोडौँ करोड खर्च भएको छैन,’ बाँस्कोटाले भने, ‘खर्च भएको रकम अर्थ मन्त्रालयले कोषलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।’

त्यस्तै, बैठकले आगामी २७ र २८ मंसिरमा काठमाडौंमा आयोजना हुने नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श बैठकका लागि स्वीकृति प्रदान गरेको छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);