ब्रिक्सको वार्षिक सम्मेलन आगामी नोभेम्बर १७ मा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ब्रिक्सको वार्षिक सम्मेलन आगामी नोभेम्बर १७ मा हुने

लद्दाख तनाव सुरु भएयता मोदी र सी पहिलोपटक आमनेसामने हुँदै

एजेन्सी , २१ असोज । ब्रिक्सको वार्षिक सम्मेलन आगामी नोभेम्बर १७ मा हुने भएको छ । ब्राजिल, रसिया, भारत, चीन र साउथ अफ्रिका सम्मिलित ब्लक ब्रिक्सको वार्षिक सम्मेलन भिडियो कन्फरेन्स मार्फत हुने व्रिक्सको अध्यक्ष मुलुक रसियाले घोषणा गरेका हो ।

सम्मेलनको आयोजनासँगै पछिल्लो समय सीमा क्षेत्र लद्दाखमा दुई देशबीच तनाव सुरु भएयता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले र चीनका राष्ट्रपति सी चिनफिङ पहिलोपटक आमनेसामाने हुने भएका छन् ।

पछिल्ला ६ वर्षमा कम्तीमा १८ पटक भेट गरेका मोदी र सीबीच सीमा विवाद भएयता कुराकानी नभएको र यो सम्मेलनले बोलचालको ढोका खोल्ने भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

नोभेम्बर १७ अगाडि यी दुई नेताबीच कुनै बैठक वा फोनवार्ता हुने कुनै कार्यक्रम भने तय भएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);