किर्गीस्तानमा सरकार विरोधी प्रदर्शनकारीद्वारा सत्ता कब्जा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

किर्गीस्तानमा सरकार विरोधी प्रदर्शनकारीद्वारा सत्ता कब्जा

एजेन्सी, २१ असोज । किर्गीस्तानमा सरकार विरोधी प्रदर्शनकारीहरुले सत्ता कब्जा गरेका छन् ।

आइतबार सम्पन्न चुनावमा ब्यापक धाँधली भएको आरोप लगाउँदै प्रदशर्नमा उत्रिएकाहरुले संसद भवन र सुरक्षा निकायसहित देशका मुख्य प्रशासनिक निकायलाई नियन्त्रणमा लिएका हुन् । उनीहरुले जेलमा रहेका विपक्षी नेता सदिर जापारोभलाई रिहा गरेको केही घण्टामै कायम मुकायम प्रधानमन्त्री घोषणा गरेका छन् ।

यसैबीच देशमा विपक्षीहरुको प्रदर्शन चर्किएपछि राष्ट्रपति सुरुनबाई जेन्बेकोभले शक्तिशाली नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ ।

प्रदर्शनकारीहरुले चुनावको परिणाम नमान्ने बताएपछि निर्वाचन आयोगले नै उक्त चुनावलाई अमान्य घोषणा गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);