बुटवलमा मापदण्ड विपरितका घरहरु भत्काउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बुटवलमा मापदण्ड विपरितका घरहरु भत्काउन सुरु

rupandehi

रुपन्देही, १३ बैशाख । रुपन्देहीको बुटवलमा मापदण्ड विपरित बनाइका संरचान हटाउन सुरु गरिएको छ । बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाले बुटवलका तीन सय बढी घरहरु भत्काउन थालेको हो ।

पटक पटक भौतिक संरचना हटाउन स्थानीयलाई आग्रह गर्दा पनि अटेर गरेपछि आयोजनाले डोजर चलाएर भत्काउन थालेको हो । एक दर्जन बढि घरधनीले भने सडक मिचेर बनाएको घर आफैले भत्काएका छन् ।

५ अर्ब ८६ करोडमा बुटवलदेखि बेलहिया नाकासम्मको साढे २७ किलोमिटर सडक ६ लेनको बनाइने छ । २०६८ देखि निर्माण सुरु भएको यो सडकको ११ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । करिब १३ किलोमिटर सडक निर्माण हुन बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);