नेपालको प्रदेशसँग सहकार्य गर्न स्पेन तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपालको प्रदेशसँग सहकार्य गर्न स्पेन तयार

काठमाडौं । नेपालको ६ दिने भ्रमणमा रहेको स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख नेतृत्वको टोलीले शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । 

बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा बिहीबार नेपाल आइपुगेको सभामुख ब्लान्टा मार्टिन देल्गाडो नेतृत्वको टोलीले अध्यक्ष तिमिल्सिनासँग भेटवार्ता गरेको हो ।सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र स्पेनबीचको सुमधुर कूटनीतिक सम्बन्ध रहेको बताउँदै त्यहाँको प्रदेश तथा स्थानीय तह र नेपालका प्रदेश तथा तहबीच सहकार्य जरुरी रहेको बताए । 

नेपाल र स्पेन सरकारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्षपछि स्पेनमा नेपालको दूतावास खुलेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपालमा पनि स्पेनको दूतावास स्थापना हुन सकेमा दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न सकिन्छ । भ्रमणहरु आदानप्रदानमा पनि सहज हुन्छ । विद्यार्थी, व्यवसायी तथा पर्यटकलगायत सबैलाई सहज हुने भएकाले यो जरुरी छ ।’

लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेड स्टोनको बुद्धमूर्ति स्थापना कार्यक्रममा आइतबार भ्रमण टोली सहभागी हुनेछ। फाउण्डेशनको अग्रसरतामा स्पेनको क्याथेरेस नगरपालिकामा बन्न लागेको लुम्बिनी प्रोजेक्टले बुद्धको अहिंसा र शान्तिको सन्देश विश्वभर फैल्याउन मद्दत पु¥याउने अध्यक्ष तिमिल्सिनाको विश्वास व्यक्त गरे । 

जवाफमा सभामुख देल्गाडोले नेपाल र स्पेन सरकार तथा संसदको सम्बन्ध सुमधुर रहेको बताइन् । उनले एक्त्रामादुरा प्रदेश र नेपालका प्रदेशबीच पनि सहकार्य गर्न सकिने बताउँदै त्यसका लागि आफ्नो पहल रहने जानकारी दिइन् । यसअघि शुक्रबार बिहान सो टोलीले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);