स्थानीयले घेराउ गरे काठमाडौं महानगर कार्यालय | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

स्थानीयले घेराउ गरे काठमाडौं महानगर कार्यालय

काठमाडौं, १६ फागुन । कमलपोखरीमा कंक्रिट संरचना निर्माण तथा बालाजु बाइपासमा सडक विस्तालका लागि स्थानीयलाई विस्थापित गरेको विरोधमा आइतबार काठमाडौं महानगरपालिका घेराउ गरिएको छ ।

वृहत् नागरिक आन्दोलन लगायत उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले नेवाःद्ये दबूको संयोजनमा महानगरपालिका कार्यालय घेराउ गरेको हो । विकासका नाममा जारी प्रतिगमनको प्रतिरोधमा धर्ना आयोजना गरिएको बृहत् नागरिक आन्दोलनले जनाएको छ ।

नागरिकलाई सडकछाप बनाउने कस्तो नीति कस्तो सरकार? कंक्रिटको कमल पोखरी चाहिँदैन, सम्पदा संरक्षण खोई?हाम्रो स्वबासी घरजग्गा हाम्रो अधिकार, हाम्रो माग पुनस्र्थापना गर लगायतका प्लेकार्ड बोकेर महानगर कार्यालयमा धर्ना दिइएको हो ।

न्यायलयको आदेश कार्यान्वयन गर, सर्वोच्चले स्टे अर्डर जारी गर्दा समेत महानगरले निर्माण कार्य नरोकेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नागरिक आन्दोलनले गएको शुक्रबार पनि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको थियो ।

प्रदर्शनपछि सो समुहले मार्चपास गर्दै कमलपोखरी पुगेर त्यहाँ निर्माण भएको कंक्रिट संरचना समेत भत्काएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);