प्रहरीद्वारा कञ्चनपुरको पुनर्वासमा तपाईंको मास्क खोई ? अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

प्रहरीद्वारा कञ्चनपुरको पुनर्वासमा तपाईंको मास्क खोई ? अभियान सुरु

किशोर तमाङ्ग,
कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मुखमा मास्क र एक हातमा ‘तपाईंको मास्क खोई ? लेखिएको ब्यानर बोकेका नेपाल प्रहरी अर्को हातले मास्क लगाउन ईशारा गर्दै भौतिक दूरी कायम गरेर हिंड्न समेत आग्रह गर्दैछन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मतहतमा रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पुनर्वासमा ‘तपाईंको मास्क खोई ?’ अभियान चलाएपछि नेपाल प्रहरीहरु सडकमा यसरी देखिएका हुन् ।

तेस्रो चरणको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खोई ? अभियान सञ्चालन गरेको हो ।

सवारी साधन तथा नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न कार्यक्रम सञ्चालन गरिएको ईलाका प्प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलास सिंह बिष्टले बताए । उनले मास्क नलाएकाहरुलाई अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम गरेर अगाडि बढ्न आग्रह गरेको बताए ।

प्रहरी निरीक्षक बिष्टले तेस्रो भेरियन्टको कोरोना भाइरस निकैनै खतरा रहेको सुन्नामा आएको हुँदा कोरोना डेल्टा भाइरसको महामारीबाट जोगिन तथा यात्रामा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले सो अभियान शुरु गरिएको बताए ।

कोरोनाबाट बच्न मास्क, पञ्जा र सेनिटाइजरको प्रयोग अनिवार्य गर्नसमेत उनले आग्रह गरे । अहिले जनचेतना मूलक कार्यक्रम गर्दै सर्वसाधारणलाई सजक तुल्याउन प्रहरीले प्रतिभा नगर बजार, आई बी आर डी बजार,डोके बजार र वरापरका स्थानहरूमा अनावश्यक घर बाहिर ननिस्कन भन्दै र यदि अत्यावश्यक काम परे मास्क लाएर मात्रै बाहिर निस्कन प्रहरीले माइकिङ समेत गरिरहेको बताए ।

उनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको नियमको पुर्ण रूपमा पालना गरौं, मास्कको अनिवार्य प्रयोग गरौं, भौतिक दूरी कायम गरौं, कोभिड–१९ बाट बचौं र बचाऔं, ट्राफिक नियमको पालना गरौं भन्ने ब्यानर सहितको सचेतनामूलक कार्यक्रम गरिएको बताए ।

अभियान अन्तर्गत आज कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मास्क नलगाउने तथा अटेर गर्नेलाई सम्झाइबुझाइ गरी प्रहरी स्वयम्ले मास्क उपलब्ध गरि एकपटक लाई छोड्ने गरेको र आगामी दिनमा मास्क नलगाइ हिंड्नेलाई जरिवानासमेत गरिने प्रहरी निरीक्षक कैलास सिंह बिष्टले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);